संसद् बैठकमा रास्वपा र राप्रपाको अवरोध कायमै, बोल्न उभिएका हितराज उठेको उठ्यै


काठमाडौं, ३० जेठ । प्रतिनिधिसभाको बैठकमा रास्वपा र राप्रपाको अवरोध कायमै रहेको छ । भिजिट भिसा प्रकरणमा सत्तापक्ष र प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) बीच २ बुँदे सहमति भएपछि प्रतिनिधिसभा बैठक सुरु भएको थियो ।

सभामुखले माओवादीका प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्नको लागि समय दिएका थिए । पाण्डे उभिएर बोल्न सुरु गर्नासाथ रास्वपा र राप्रपाका सांसदहरुले उठेर विरोध गरेका छन् ।