वर्षमान पुनले संसद्मा भिजिट भिसा प्रकरणमा २ बुँदे सहमति गरिनुको कारण खुलाए


काठमाडौं, १ असार । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुन ‘अनन्त’ ले भिजिट भिसा प्रकरणमा सत्तापक्ष र आफ्नो दलबीच भएको २ बुँदे सहमतिमा कुनै लेनदेन नभएको स्पष्टीकरण दिएका छन् ।

उनले सदनको अवरोध खुलाउनको लागि भएको २ बुँदे सहमतिलाई लिएर नेता अग्नि सापकोटाको मुद्दासँग साटेको भनेर गरिएको टिप्पणीमा कुनै सत्यता नभएको स्पष्ट पारेका हुन् ।

प्रतिनिधिसभामा आजबाट सुरु भएको बजेटमाथिको छलफलमा भाग लिने क्रममा उनले यस्तो बताएका हुन् । उनले भने,‘निष्पक्ष रूपमा छानबिन हुनुपर्छ हाम्रो माग छ, अहिले देखिएको कुरा गम्भीर छ छानबिन हुनुपर्छ तर यो अहिले मात्र होइन विगतमा पनि भएको छ ।’