काठमाडौं, १ असार । नेकपा (एमाले) का सचिव तथा पूर्वमन्त्री योगेशकुमार भट्टराईले रास्वपा अहिले नेतृत्वविहीन बनेको भन्दै संसद् अवरोधको आलोचना गरेका छन् । संसद् भवन परिसरमा पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।
उनले अध्यागमन र भिजिट भिसामा कोही पनि नेपाली नठगिउन भन्ने कुरामा आफूहरु सबैको साझा मत रहेको सुनाए । यही कुरा आफूहरुले रास्वपालाई भनेको पनि भट्टराईले स्मरण गराए ।
उनले भने,‘उहाँहरुले भनेजस्तै छानबिनको सुनिश्चित्ता गरेकै हो । एक महिनाभित्रै काम थाल्ने प्रस्ताव ल्याउनुभयो, हामी सहमत भयौं । यसो हेर्दा अहिले रास्वपामा युवा साथीहरु हुनुहुन्छ, पडेलेखेका हुनुहुन्छ । अस्तिको घट्ना र आजको घट्नाले संसद्भित्र रास्वपा नेतृत्वविहीन अवस्थामा छ । जब पार्टी नेतृत्वविहीन हुन्छ, त्यो अन्यौलमा हुन्छ । रास्वपा अहिले बादलभित्र उडिरहेको कागजस्तै भयो । उहाँहरु उद्देश्य र गन्तव्यविहीन अवस्थामा हुनुहुन्छ, अवरोधमा सामेल हुनुहुन्छ । उहाँहरुको नेतृत्व भएन । नेतृत्व नभएपछि यस्तै हुन्छ, छरपस्ट हुन्छ ।’




प्रतिक्रिया