लुम्बिनी सरकारले ल्यायो ३८ अर्ब ९१ करोड बजेट


काठमाडौं, १ असार । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ३८ अर्ब ९१ करोड बजेट ल्याएको छ । आज (आइतबार) प्रदेशका अर्थमन्त्री धनेन्द्र कार्कीले बजेट प्रस्तुत गरेका हुन् ।

लुम्बिनी प्रदेश सरकारले चालूतर्फ १२ अर्ब १ करोड र पुँजीगततर्फ २३ अर्ब ४७ करोड रुपैयाँ विनियोजन गरेको छ भने वित्तीय हस्तान्तरतर्फ ३ अर्ब ४२ करोड छुट्याइएको छ ।