काठमाडौं, २ असार । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले अहिलेको बजेटले भूमाफीयालाई फाईदा गर्ने आरोप लगाएका छन् । किसानलाई न्याय नगर्ने तर भूमाफियालाई भने फाईदा पुग्ने केसीको आरोप छ ।
आज (सोमबार) प्रतिनिधिसभाको बैठकमा बजेटमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै यस्तो आरोप लगाएका हुन् । उनले भने,‘रोजगारी सिर्जना गर्ने क्षेत्र कृषि हो । तर किसानको सट्टा भूमाफियालाई फाइदा पुग्ने बजेट बनाइएको छ । किसानलाई बजेटमा जोडिएन, यहाँ सम्मकी किसानका उत्पादन बिक्री नभएको बेलामा कृषिजन्य वस्तु आयातमा लगाइएको अग्रिम कर हटाएर नेपाली कृषि उत्पादनलाई ध्वस्त पार्न खोजिएको छ ।’
उनले राज्यमा भएका उद्योग निजीलाई दिने सन्दर्भमा नयाँ उद्योग खोल्न राज्य पछि परेको उद्योग नयाँ रोजगारी सिर्जना गर्न नसक्ने बताए ।




प्रतिक्रिया