मन्त्रिपरिषद् बैठक ६ बजे बस्ने


काठमाडौं, २ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । साँझ ६ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेगरि बैठक बोलाईएको एक मन्त्रीले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए ।

यो बैठक नियमित बैठक हो । आजको बैठकमा प्रधानमन्त्री ओलीको स्पेन भ्रमण स्विकृत गर्ने बुझिएको छ । प्रधानमन्त्री ओली यही असार १५ गते स्पेन जाने भनिएको छ ।file photo