काठमाडौं, ३ असार । प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमण मन्त्रिपरिषदबाट स्विकृत भएको छ । हिजो (सोमबार) प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री ओलीको भ्रमण स्विकृत गरेको हो । प्रधानमन्त्री ओलीको स्पेन भ्रमण यही असार १४ गतेबाट असार २० गतेसम्म हुनेछ । मन्त्रिपरिषद्ले ६ दिने भ्रमण स्विकृत गरेको हो ।
युएनको संघीय विकासका लागि वित्त कार्यक्रमको चौथो सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली स्पेन जाने भएका हुन् । भ्रमणको क्रममा प्रधानमन्त्री ओलीले युएनका महासचिवलगायत उच्चपदस्थ अधिकारीहरुसँग भेट हुनेछ । प्रधानमन्त्री ओली स्पेनबाट फर्किएलगत्तै भारत भ्रमणमा जाने चर्चा छ ।
तर, अहिलेसम्म भ्रमणको औपचारिक थालनी नभएको भारतीय पक्षले जनाएको छ । स्पेनबाट फर्किएलगत्तै असार तेस्रो साता भारत भ्रमणमा जाने तयारी भएको भनेर समाचार आएका छन् । तर, नेपालको परराष्ट्र मन्त्रालय र भारतको विदेश मन्त्रालयले भने अहिलेसम्म यसबारेमा औपचारिक जानकारी वा सूचना केही पनि प्रवाह गरेको छैन् । भारतीय पक्षले भने अहिलेसम्म भ्रमणको तयारीबारे कुनै जानकारी नभएको स्पष्ट पारेको छ । file photo




प्रतिक्रिया