रास्वपाका केन्द्रीय विभागका जिम्मेवारी हेरफेर, नीति तथा विचार विभाग प्रमुखमा वाग्ले


काठमाडौं, ५ असार । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय विभागमा नेताहरुको जिम्मेवारी हेरफेर गरेको छ । हिजो (बुधबार) बसेको पार्टीको सचिवालय बैठकले जिम्मेवारी हेरफेर गरेको हो । नीति तथा विचार विभाग प्रमुखमा डा. स्वर्णिम वाग्लेलाई जिम्मेवारी दिईएको छ । यस्तै कृषि विभाग प्रमुखमा राजन गौतमलाई जिम्मेवारी तोकिएको छ ।

उर्जा तथा जलस्रो विभागमा भने श्रीराम न्यौपाने संयोजक तोकिएका छन् । हिजोको बैठकमा सभापति लामिछानेमाथि लगाईएको झुटा र प्रतिशोधपूर्ण मुद्दाको वर्तमान अवस्था र भिजिट भिसा काण्डमा पार्टीको संसदीय गतिविधिहरुको गहन छलफल भएको पनि जनाईएको छ ।