रास्वाको विरोधका कारण प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम कार्यसूचिबाट हटाईयो


काठमाडौं, ६ असार । प्रतिनिधिसभाको आजको बैठकमा राखिएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम कार्यसूचिबाट हटाईएको छ ।

सभामुख देवराज घिमिरेले विपक्षीहरुको विरोधको कारणलाई विशेष कारण भन्दै आजको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम कार्यसूचिबाट हटाईएको जानकारी गराएका हुन् ।

सभामुखसँगको छलफलमा नै रास्वपाले आफूहरुको विरोध जारी रहने जानकारी गराएको थियो ।