संसद्मा रास्वपाको विरोध कायमै, आज शरीरमा कालो वस्त्र र घाँटीमा निलो रिबन (फोटोफिचर)


काठमाडौं, ६ असार । प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीको अवरोध कायमै छ । आज उनीहरु कालो वस्त्र धारण गरेर संसद् भवन छिरेका थिए । यसअघिझैं आजपनि निलो रिबन उनीहरुले घाँटीमा भिरेका थिए । रास्वपाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा मागेको छ। यो प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने उसको अर्को बटमलाईन छ ।

तर, सरकार गृहमन्त्रीको राजीनामा र छानबिन समिति दुवै मागप्रति अनुदार बनेको छ । रास्वपा र राप्रपाको विरोधको कारण आज राखिएको प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्नोत्तर कार्यक्रम कार्यसूचिबाट हटाईएको छ । सभामुख देवराज घिमिरेले मन्त्रालयगत छलफल अघि बढाउँदै खर्च कटौतीको प्रस्तावक सांसद अमरेशकुमार सिंहलाई बोल्ने समय दिएपछि रास्वपाका सांसदहरु बैठक कक्षबाट बाहिरिएका थिए ।