काठमाडौं, ७ असार । राप्रपाकी सांसद रोशन कार्कीले भिजिट भिसा प्रकरणमा आफूहरुले मागेको गृहमन्त्री रमेश लेखकको राजीनामाको माग जायज रहेको बताएकी छिन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् ।
उनले आज भिजिट भिसाको माध्यमबाट नै रसियामा गएकाहरु सेनामा भर्ती भएको र उनीहरुको अवस्था दयनीय रहेको बताईन् । उनले नेपालीहरु भिजिट भिसाको नाममा बेचिएको समेत टिप्पणी गरिन् । उनले आफूहरुले यसप्रकरणमा उच्चस्तरीय छानबिन हुनुपर्छ भनेर माग गरेको र यसमा गृहमन्त्री रमेश लेखक पनि दायरामा आएकोले राजीनामा मागिएको स्पष्ट पारिन् ।
उनले आफूहरुले गृहमन्त्रीको राजीनामा मागेको माग जायज रहेको दाबी गरिन् । आफूहरुले राखेको मागलाई कसैले पनि नाजायज छ भनेर भन्न नसक्ने उनको भनाई छ । भिजिट भिसाको नाममा लाखौं र करोडौं दिनमा कमाउने नाममा नागरिक बेचिएको भन्दै पैसा पायो भन्दैमा देश पनि बेच्ने ? भन्दै उनले कडा प्रश्न राखिन् ।




प्रतिक्रिया