काठमाडौं, २० असार । , आज संसद्को पाँच वटा समितिहरूको बैठकसमेत बस्दैछ । अर्थ समितिको बैठकमा ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३’ संशोधन गर्न बनेको विधेयकमाथि संशोधन प्रस्तावकर्तासँग छलफल गरिने कार्यसूची छ।
अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१’ माथि छलफल गरिनेछ भने कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा ‘नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१’ बारे परिषद्सँग परामर्श गरिनेछ ।
महिला तथा सामाजिक मामिला समितिको बैठकमा समितिको कामकारबाहीबारे सामान्य छलफल तय भएको छ । उता पूर्वाधार विकास समितिले ‘विद्युत् विधेयक, २०८०’, ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक, २०८१’ र ‘सुनकोसी मरिण डाइभर्सन आयोजना’ बारे छलफल गर्ने तयारी गरेको छ ।




प्रतिक्रिया