काठमाडौं, २३ असार । नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आफू अप्ठ्यारो मान्छे भएको बताएका छन् । पार्टीको जारी केन्द्रीय कार्यसमितिको बैठकमा पार्टीको आसन्न १५औं महाधिवेशनको विषयमा भएको बहसमा उनले यस्तो बताएका हुन् ।
उनले भने,‘पार्टीको विधानअनुसार एक वर्ष र संविधानअनुसार ६ महिना बढाउन सकिन्छ, त्यो त पाइन्छ नै भनेको नै हो नि । मैले संविधानको कुरा गरेको हो, संविधान मान्ने कुरा गरेको हो’, म के गर्छु भन्ने मेरो कुरा हो । मलाई कसैले भनेर पनि मैले गर्ने होइन क्यारे हेर्नुस् । म त अप्ठ्यारो मान्छे हुँ ।’
महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशन २०८३ सालको असारमा गर्न र सरकारको नेतृत्व पनि हस्तान्तरण गर्न सभापतिलाई आग्रह गरेका थिए ।




प्रतिक्रिया