काठमाडौं, २४ असार । नेकपा (एकीकृत समाजवादी) पार्टीकी स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री रामकुमारी झाँक्रीलाई कारबाही गर्ने कि नगर्ने भन्नेबारे सचिवालय बैठक आज निर्णयमा पुग्ने भएको छ । अध्यक्ष माधवकुमार नेपालमाथि कडा टिप्पणी गरेपछि झाँक्रीलाई कारबाही गरिनुपर्ने मत बलियो भएको थियो ।
तर, एकथरी पदाधिकारीले अहिले झाँक्रीलाई कारबाही गर्दा गलत सन्देश जाने भन्दै अहिले कारबाही गर्न नहुने मत राखेका छन् । सचिवालय बैठक आजपनि बस्दैछ । आजको बैठकले झाँक्रीलाई कारबाही गर्ने वा के गर्ने भन्नेबारे एउटा निर्णय गर्ने एक नेताले जानकारी दिए ।
अध्यक्ष नेपालविरुद्ध भ्रष्टाचारको मुद्दा लागेछि ‘मरेको सिनो काँधमा बोकेर’ हिँड्न नसकिने अभिव्यक्ति दिएकी थिईन् । झाँक्रीको यो अभिव्यक्ति आएपछि पार्टी पँक्ति नै उनीविरुद्ध खनिएको थियो । अनुशासन आयोगले उनलाई स्पष्टीकरण सोधेको थियो ।
तर, झाँक्रीले भने अहिलेसम्म आफूले स्पष्टीकरणको पत्र नै प्राप्त नगरेको भन्दै सार्वजनिक रुपमै खण्डन गरेकी छिन् । झाँक्री आजको बैठकले गर्ने निर्णय हेरेरमात्रै आफ्नो अभिव्यक्ति दिने पक्षमा छिन् । file photo




प्रतिक्रिया