संगिता पहाडी विशेष अदालतमा हाजिर, बयान सकिएपछि आजै थुनछेक बहस


काठमाडौं, २४ असार । भ्रष्टाचार मुद्दा लागेकी नेपाल टेलिकमकी निलम्बित एमडी संगिता पहाडी (अर्याल) विशेष अदालतमा हाजिर भएकी छिन् । उनीविरुद्ध अख्तियार दुरुपयोग अनुस्न्धान आयोगले नेपाल टेलिकमको बिलिङ सिस्टम अपग्रेड गर्दा मिलेमतो गरी भ्रष्टाचार गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

उनी आज विहानै विशेष अदालतमा हाजिर भएकी छिन् । अहिले उनको विशेष अदालतमा न्यायाधीशहरु तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलास नम्बर २ मा बयान हुँदै.छ । बयान सकिएपछि थुनछेक बहस सुरु हुनेछ । file photo