संघीय लोकतान्त्रिक मोर्चाको बैठक जारी, रूपन्देही–३ उपनिर्वाचनमा साझा उम्मेद्वार तयार गरिने


काठमाडौं, २४ असार । संघीय लोकतान्त्रिक मोर्चाको बैठक जारी छ । काठमाडौंको होटेल ए वान प्यालेसमा जारी बैठकमा आगामी कार्तिक १७ गते रुपन्देही–३ मा हुने उपनिर्वाचनमा साझा उम्मेद्वार तय गरिनेबारे छलफल चलिरहेको छ ।

बैठकको अध्यक्षता तराई मधेश लोकतान्त्रिक पार्टीका अध्इक्ष वृषेश चन्द्र लालले गरेका छन् । यस्तै, संघीयताको मर्मअनुरुप प्रादेशिक राजनीतिक दलको आवश्यकत्ता र सोको निम्ति कानूनी व्यवस्था हुनुपर्ने विषयबारे विमर्श हुने भएको छ । यस्तै, निजामती सेवा ऐनमा गरिएको त्रुटि सम्बन्धमा पनि छलफल हुने बताईएको छ ।