काठमाडौं, २७ असार । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका नेकपा (एमाले) का निलम्बित सचिव टोपबहादुर रायमाझीविरुद्ध राजनीतिक प्रतिशोध भएको भन्दै हस्ताक्षर अभियान चलाइएको छ । आज (शुक्रबार) अर्घाखाँचीको सदरमुकाम शुक्रबारेबाट हस्ताक्षर अभियान थालिएको हो । स्थानीय दिपेन्द्र पौडेलले हस्ताक्षर अभियानको नेतृत्व गरिरहेका छन् ।
एकै मुद्दामा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलगायत धरौटीमा छुटे पनि रायमाझीलाई पनि राजनीतिक प्रतिशोधको आधारमा नछाडिएको ती युवाहरुको भनाइ छ । तर, एमालेले भने उक्त हस्ताक्षर अभियान आफूहरुले सुरु नगरेको बताएको छ । रायमाझी भुटानी शरणार्थी प्रकरणमा गत २०८० सालदेखि थुनामा छन् । रवि लामिछानेविरुद्ध राजनीतिक प्रतिशोध भएको भनी राष्ट्रिय स्वतन्त्र पार्टीले हस्ताक्षर अभियान चलाइरहेको बेलामा सोही अभियानको सिको रायमाझीको मुद्दामा पनि देखिएको छ । File Photo/RN




प्रतिक्रिया