लागूऔषध कोकिनसहित एक भारतीय नागरिक पक्राउ


काठमाडौं, २८ असार । नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरो ३ किलो ४ सय ग्राम कोकिनसहित एक जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको महाराष्ट्र ठेगाना भएका अब्दुस समाद जमल मन्सुरी रहेका छन् ।

लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल गौचरणमा खटिएको प्रहरी टोलीले हवाई मार्ग हुदै नेपाल प्रवेश गर्ने क्रममा उनलाई पक्राउ गरेको हो ।

अराईभल पार्किङ एरियाबाट निजले साथमा ल्याएको झोलाभित्र लुकाई राखेको अबस्थामा लागुऔषध कोकिन ३ किलो ४ सय ग्राम बरामद गरिएको प्रहरीले जनाएको छ ।