काठमाडौं, २९ असार । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव हरिबोल गजुरेलले वर्तमान सरकारले आफ्ना गलत उद्देश्यहरु पूरा गरिराखेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले वर्तमान सरकार गलत उद्देश्यले लिएर बनेको र यसले ती उद्देश्यहरु पूरा गरिरहेको बताएका हुन् । उपमहासपचिव गजुरेलले वर्तमान सरकार भ्रष्टाचारीहरुलाई जोगाउन बनेको दाबी गरे । अहिलेको सरकारले अरुलाई फसाउने र आफ्नालाई बचाउने गरेको पनि उनको आरोप छ । उनले अदालतको गतिविधिमा पनि सरकारको हस्तक्षेप प्रष्ट रुपमा देखिएको बताए ।
‘समग्रमा जुन उद्देश्यको साथ सरकार बनेको थियो, त्यो उद्देश्य पूरा गरेको छ भन्नुपर्यो । भ्रष्टाचारीहरुलाई जोगाउनका लागि यो बनेको हो । त्यही काम राम्रोसँग भएको छ । अरुलाई फसाउने, आफ्नोलाई बचाउने, पूरै नाङ्गो भेदभाव छ । अदालतको गतिविधिहरु पनि तपाईँले सबै देखिरहनुभएकै छ । सरकारले अदालतको गतिविधिहरुमाथि हस्तक्षेप गरेको छ भन्ने कुरा देखिन्छ । अब यो भन्दा लज्जाको कुरा के हुन्छ र ?’ प्रश्न गर्दै उनले भने ।
वर्तमान सत्ता गठबन्धन र प्रधानमन्त्री केपी ओलीको कारणले गर्दा अहिले जनतामा निराश बढिरहेको उनले बताए । File Photo/RN




प्रतिक्रिया