काठमाडौं, २९ असार । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले घुस प्रकरणको सन्दर्भमा भएको संवाद आफ्नो नरहेको दाबी गरेका छन् । उक्त आवाज एआईको दुरुपयोग गरेर बनाइएको उनको दाबी छ । मन्त्री गुप्ताले उक्त घुुस प्रकरणको आजाव प्रमाणित गरेर देखाउन चुनौतिसमेत दिउका छन् ।
घुस प्रकरणमा आफ्नो नाम जोडिएपछि उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘सबैमा अनुरोध । प्रतिष्ठा हरण र निराधार आरोपको पुष्टि हुने आधार मिडीयाले खोजौं ? केही दिन अघिदेखि म संग जोडिएर सिलसिले बार रुपमा सरुवा, नियुक्ति लगायतमा घुस बार्गेनिङ, रकम लिएको जस्ता प्रायोजित समाचारहरु केही मिडियाहरुमा आएका छन् जुन मेरो लागि गम्भीर छन् ।
अब तथ्य खोजौं र प्रमाणित गरौं जसको उत्तर यो समाज र मलाई कसले दिन्छ ? बिचौलिया वा कर्मचारी सरुवा गर्न दबाव दिने को हुन ? नोट राखिएको टेबल कहाँको हो ? जुन टेबुल देखाइएको छ त्यो मकहाँ कहिल्यै छैन ? नोटको नम्बरसहित अख्तियारमा निवेदन गरेको भनियो तर ती नोट कहाँ, कसले दियो ? मलाई थाहा छैन । कुन अवस्थामा छ ? प्रभावमा पार्न जोडिएका कर्मचारीको बारेमा मलाई केही थाहा छैन रु अनि भूमि आयोगमा नियुक्त भए कि छैनन् ? सुचना प्रविधि (एआई) को दुरुपयोग गरी निकालिएको मेरो आवाज भनिएको छ कसले पुष्टि गर्ने ? जुन त्यो मेरो आवाज होईन । यी अनुत्तरित प्रश्नको खोजी गरौं, अनि मात्र सत्य र निष्ठाको पत्रकारिताको जग बलियो बनाउन लागौं । म राज्यको चौथो अंग पत्रकारिताको सधै सम्मान गर्ने व्यक्ति हुँ । धन्यवाद ।




प्रतिक्रिया