काठमामडौं महानगरले कवाड व्यवसायीमाथि गरिरहेको अमानवीय व्यवहार रोक्नुपर्छः अमरेश सिंह


काठमाडौं, ३० असार । प्रतिनिधिसभा सदस्य डा.अमरेश कुमार सिंहले काठमाडौं महानगरपालिकाले कवाड व्यवसायीमाथि अमानवीय व्यवहार गरिरहेको र त्यसलाई रोक्न आवश्यक रहेको बताएका छन् । आज (सोमबार) प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले काठमाडौं महानगरले अदालतको आदेशविपरीत कवाड व्यवसायीको व्यवसायस्थलका डोजर चलाइरहेको बताएका हुन् । उनले यसरी अदालतको आदेशविपरीत कवाड भत्काउन आउने नगर प्रहरी र महानगरका कर्मचारीलाई पक्राउ गरिनु्पर्ने उनको माग छ ।

‘काठमाडौं महानगरपालिका वडा नं. ४ टुँडालदेवीमा कवाड व्यवसाय गर्दै आएका राजाराम साहको कवाडमा काठमाडौं महानगरपालिकाले डोजर चलाएर तोडफोड गरेको छ । काठमाडौं महानगरपालिकाले कवाड व्यवसायीमाथि गरेको यस्ता खालका अमानवीय व्यवहार तत्काल रोक्नुपर्छ । संघीय सरकारसँग माग गर्न चाहन्छु । काठमाडौंको मेयरले अदालतको आदेश विपरीत विना सूचना कवाडमा तोडफोड भइरहेको छ । अदालतले आदेश दिएको छ कि कुनै कवाडलाई भत्काउन पाइँदैन । काठमाडौं महानगरपालिकाको नगर प्रहरी होस् वा कर्मचारी होस् जो कवाड तोडफोडमा संलग्न छ, त्यसलाई तत्काल समातेर कारबाही प्रक्रिया अगाडि बढाइयोस्,’– उनले भने । File Photo/RN