देउवा निवासमा मन्त्रीहरू फेर्ने विषयमा कुरै भएन, रुपन्देही–३ को उपनिर्वाचनको उम्मेद्वार तय गरिने


काठमाडौैं, ९ साउन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको बैठकमा आगामी कार्तिक १७ गते रुपन्देही–३ मा हुने उपनिर्वाचनको विषयमा छलफल सुरु भएको छ । सो क्षेत्रमा हुने उपनिर्वाचनमा कसलाई उम्मेद्वार बनाउने भन्ने विषयमा सभापति देउवाले आज पदाधिकारीहरुसँग परामर्श गरेका हुन् ।

यसअघि बालकृष्ण खाँणलाई उपनिर्वाचनमा उठाउने विषयमा चर्चा भएको छ। खाँणले पनि उपनिर्वाचनलक्षित सक्रियता बढाएका छन् । आजको छलफलमा सरकारमा सहभागी मन्त्रीहरुलाई पनि बोलाईएको थियो ।

तर, मन्त्रीहरु फेरबदलको विषयमा भने आज कुनै कुरा नभएको जनाईएको छ । बैठकमा सहभागी अर्जुननरसिंह केसीले मन्त्रीहरु फेर्ने विषयमा आज कुनै कुरा नभएको स्पष्ट पारे । सरकारको एक वर्षको कामको भने समिक्षा हुनुपर्ने विषयमा कुरा उठेको बताईन्छ । file photo