माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरू


काठमाडौं, १६ साउन । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको बैठक आज, भोलि र पर्सीसम्म चल्ने भनिएको छ।

नेताहरुले बैठक एक दिन लम्बिनसक्ने पनि आँकलन गरेका छन। अहिले सुरुमा अध्यक्ष पुष्पकमल दाहालले वर्तमान राजनीतिक विषयमा ब्रिफिङ गरिरहेका छन् ।

नेताहरुलाई १५ मिनेटको बोल्ने समय छुट्टयाईएको छ । यो बैठकमा उपमहासचिव जनार्दन शर्माको असन्तुष्टिको विषयमा पनि छलफल हुने भनिएको छ । file photo