काठमाडौं, १७ साउन । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको राजनीतिक इतिहासमा मोरङ जिल्लाले ठूलो योगदान दिएको स्मरण गराएकी छिन् । आज (शनिबार) काठमाडौंमा मोरङ समाज काठमाडौंले आयोजना गरेको हरितालिकाविशेष समारोहलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै उनले मोरङ जिल्लाबाट देशमा सबभन्दा धेरै व्यक्तित्व प्रधानमन्त्री भएको बनेको पनि बताईन् ।
उनले भनिन्,‘देशलाई सबैभन्दा धेरै प्रधानमन्त्री दिने जिल्लामा मोरङ पर्दछ, यो भनेको मोरङवासीको लागि पनि गौरवको काम हो ।’ दिगो विकासको धारणाअनुसार र नयाँ पुस्ताको लागि काम गर्न पनि उनले सुझाव दिइैन् । उनले नेपालको शिक्षा प्रणालीबारे गम्भीरतापूर्वक हेर्नुपर्नेमा सुझाव दिईन् ।
नेपाल सबै हिसाबले उर्वर भूमि भएको उल्लेख गर्दै आजको पुस्ता देश छोडेर किन गैरहेको छ भन्ने विषय आफ्नो पुस्ताको लागि चूनौतिको विषय भएको भण्डारीको भनाई छ । उनले महिलाहरु देशको आधा हिस्सा भएको उल्लेख गरिन् । उनले भनिन्,‘जीवन र जगतलाई हेर्ने हो भने महिलाबिना संसार अगाडि बढ्न सक्दैन । त्यही भएर हिजोको विद्धानहरुले भन्दथे कि कोक्रो हल्लाउने हातले संसार हल्लाउन सक्छ भनेर । त्यसबाट हामीले किन शिक्षा नलिने ? यहाँ दुःखको कुरा के छ भने केही राम्रो मान्छेलाई अन्याय पर्यो भनेर नेपालीहरुले भन्छन कि सतिले सरापेको देश भनेर ।’
उनले सतिले सरापेको देश भन्नेलाई सबै महिलाहरु मिलेर यसबाट मुक्त गर्नुपर्ने आह्वान गरिन् । उनले राजनीति भनेको चुनावी प्रतिष्पर्धा गर्नुमात्रै नभएको बताईन् ।




प्रतिक्रिया