संघीय लोकतान्त्रिक मोर्चाद्धारा जनजागरण अभियान कार्यक्रम आयोजना


काठमाडौं, १८ साउन । संघीय लोकतान्त्रिक मोर्चाले आज जनजागरण अभियान कार्यक्रमको आयोजना गरेको छ । कालिकास्थानमा रहेको अमृतभोगमा आयोजित कार्यक्रममा मोर्चामा आवद्ध दलका शीर्ष नेताहरुको उपस्थिति रहेको छ ।

तर, मोर्चामा सहभागी सिके राउत नेतृत्वको जनमत पार्टी आजको कार्यक्रममा सरिक भएको छैन । कार्यक्रममा नेताहरुले वर्तमान राजनीतिक अवस्थाबारे आफ्नो धारणा राख्ने जनाईएको छ ।

महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो, हृदयेश त्रिपाठी, वृषेशचन्द्र लाललगायतले आज सम्बोधन गर्ने नेता केशब झाले जानकारी दिए ।