बागमतीमा एमालेले टुङ्ग्यायो मन्त्रीको नाम


काठमाडौं, २० साउन । नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलले बागमतीमा मन्त्रीहरुको नाम टुङ्ग्याएको छ । बागमतीमा एमालेको समर्थनमा नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले मुख्यमन्त्रीको दाबी पेश गरेका छन् । बानियाँ नेतृत्वको मन्त्रिपरिषद्मा एमालेको तर्फबाट ६ जना मन्त्रीहरु सहभागी हुनेछन् ।
र्
एमालेले स्वाथ्यमन्त्रीमा किरण थापालाई पुनः दोहोर्याउने भएको छन् । त्यसैगरी कृषि मन्त्रीमा मधुशोधन पौडेल,वन मन्त्रीमा भरत केशी, श्रम, रोजगार तथा यातायात मन्त्रीमा जयराम थापा, उद्योग मन्त्रीमा बिन्दु श्रेष्ठ र भौतिक पूर्वाधार मन्त्रीमा डा.दिनेशचन्द्र देवकोटालाई पठाउने भएको छ ।