काठमाडौं, २१ साउन । सप्तरीको राजगढ गाउँपालिका– २ कमलपुरमा प्रहरी र भारत मदिरा तस्कर गर्ने समूहबीच भएको झडपमा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ । राजगढ गाउँपालिका–२ का वडा अध्यक्ष जीतेन्द्र कुमार यादवका अनुसार प्रहरीको गोली लागेर स्थानीय लालु यादवको मृत्यु भएको हो ।
सप्तरीका प्रहरी प्रवक्ता डीएसपी जितेन्द्रकुमार बस्नेतका अनुसार प्रहरीले चलाएको गोली लागेर यादव गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको हो ।
मदिरा तस्करी भइरहेको गोप्य सूचनाको आधारमा प्रहरीको टोलीले कमलपुर पुगेर उनीहरुलाई नियन्त्रणमा लिने प्रयास गरेको थियो । राजगढ गाउँपालिका–२ का वडा अध्यक्ष यादव भने सो नाकामा प्रहरी प्रशासनकै मिलेमतोमा मदिरा तस्करी हुनेगरेको बताउँछन् ।




प्रतिक्रिया