काठमाडौं,३१ साउन । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सत्तारूढ दल कांग्रेस–एमालेलाई भू–माफिया र विचौलियाको संज्ञा दिएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दैै उनले अहिले विचौलियाहरुले सरकार चलाइरहेको र प्रधानमन्त्रीको बेडरूमसम्मै विचौलियाहरु पुग्नेगरेको बताएका हुन् ।
‘कांग्रेस–एमाले भनेकै भू–माफिया, विचौलियाहरुको राज्य हो । विचौलियाहरुको पार्टी हो । विचौलियाहरुले सरकार चलाएका छन् । विचौलियाहरु प्रधानमन्त्रीको बेडरूममै पुग्छन्,’– उनले भने ।
साथै, उनले सरकारको एकदम ठूलो अहङ्कार र दम्भ रहेको बताए । विचौलियाहरु र भू–माफियाहरुले सरकारमा नाङ्गो नाँच देखाइरहेको उनको आरोप छ । राज्यले विचौलिया र ठगहरुको संरक्षण गरिराखेको उनले बताए । अध्यक्ष यादवले अहिले आएकै अवस्थामा भूमि विधेयक पास हुन नदिने बताए ।




प्रतिक्रिया