काठमाडौं आइपुगे भारतीय विदेश सचिव मिश्री


काठमाडौं, १ भदौ । भारतीय विदेश सचिव विक्रम मिश्री नेपालको औपचारिक भ्रमणका क्रममा काठमाडौं आइपुगेका छन् । परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा उनी नेपाल भ्रमणमा आएका हुन् । भारतीय विदेश सचिव मिश्रीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको निम्तो दिने बताइएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रमका सचिवद्वयबीच नेपाल–भारत साझेदारीका विभिन्न पक्षका साथै कनेक्टिभिटी’, विकास सहयोग र पारस्परिक हितका विविध विषयमा केन्द्रित रहेर छलफल हुने छ । नेपाल रहँदा भारतीय विदेश सचिव मिश्रीले उच्च अधिकारीहरुसँग भेटवार्ता गर्ने बताइएको छ ।