काठमाडौं, ९ भदौ ।उपसभामुख इन्दिरा रानालाई अमेरिकी सिनेटरले सम्मान गरेका छन् ।
हाल अमेरिका भ्रमणमा रहेकी उपसभामुख रानालाई मेरिल्याण्डका सिनेटर कार्ल ज्याक्सनले आइतबार एक समाराेहबीच सम्मान गरेका हुन् ।
नेतृत्वदायी भूमिका, मानवीय सेवा, लाेकतन्त्र र अल्पसंख्यक समुदायकाे उत्थानका लागि प्रेरणादायी भूमिका खेलेकाे भन्दै सिनेटर ज्याक्सनले सम्मान गरेका हुन् । उनले जेलमा रहेका मानिसहरूका बच्चाहरूकाे सेवामा समर्पित उपसभामुख रानालाई सम्मान गर्न पाउँदा खुसी लागेकाे बताउँदै आगामी सामाजिक कामका लागि शुभकामना दिए ।
कार्यक्रममा उपसभामुख रानाले लाेकतन्त्र बहुमतकाे प्रणाली भए पनि अल्पसंख्यकलाई पनि समेटेर लानु राज्यकाे दायित्व भएकाे बताइन् । उनले विश्वमा मानवता, करूणाभाव जरूरी रहेकाे बताइन् ।
कार्यक्रममा प्रवासी नेपालीहरूकाे पनि सहभागिता थियाे ।




प्रतिक्रिया