मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघ उपत्यका कार्यसमिति काठमाडौंद्वारा प्रहरी कार्यालयहरूमा मसलन्द सामग्री वितरण


असोज ११, काठमाडौं । नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघ, उपत्यका कार्यसमिति काठमाडौँले आवश्यक परेका प्रहरी कार्यालयहरूमा मसलन्द सामग्रीहरू वितरण गरेको छ । ‘राष्ट्रिय एकता हाम्रो शक्ति हो’ भन्ने नारासहित आवश्यक मसलन्द सामग्रीहरू स्वच्छ भावनाका साथ वितरण गरिएको बताइएको छ । उपत्यका कार्यसमितिको कोषाध्यक्ष बालकृष्ण श्रेष्ठको संयोजकतामा कार्यक्रम आयोजना गरिएको थियो।

गत भदौ २३ र २४ गतेको आन्दोलनको कारण देशले संरचनागत, आर्थिक तथा अन्य विभिन्न क्षेत्रमा ठूलो क्षति व्यहोर्नुपरेको क्षणमा आवश्यक मसलन्द सामाग्री सहयोग गरिएको हो । देशको विषम परिस्थितिलाई मध्यनजर गर्दै समाजलाई सकारात्मक लयमा ल्याउनको निम्ति यो कार्यक्रम आयोजना गरिएको बताइएको छ । त्यसैगरी अरु विभिन्न कार्यक्रम गरी देशको परिस्थितिलाई मध्यनजर गरेर परेको ठाउँमा मसलन्द सामग्रीहरू सहयोग गर्ने आशयले संघले फेरि पनि काम गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।