काठमाडौं, ११ असोज । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय बैठक बोलाएका छन् । बैठक भोलि (आइतबार) दिउँसो १ बजेकोलागि बोलाईएको एमाले नेता महेश बस्नेतले जानकारी दिए । उनकाअनुसार बैठक ओली अहिले भाडामा बसेको घरमा नै बस्नेछ ।
बैठकमा जेन–जी आन्दोलनपछि विकसित राजनीतिक घट्नाक्रम र त्यसले पार्टीमा पारेको प्रभावबारे विस्तृत छलफल हुने भनिएके छ । बैठकले आगामी रणनीति र नयाँ कार्यदिशा तय गर्ने भनिएको छ। आजमात्रै अध्यक्ष ओलीले युवा संघको कार्यक्रममार्फत आफ्नो अभिव्यक्ति सार्वजनिक गरेका थिए ।
उनले आफूहरु देश छोडेर नभाग्ने भन्दै आतंक मच्चाउने काम नगर्न वर्तमान सरकारलाई चेतावनी दिएका छन् । उनले अहिलेको सरकार आतंक फिँजाएर निर्माण भएको आरोप लगाएका छन् ।




प्रतिक्रिया