सामाजिक सञ्जालमा सक्रिय साम्पाङ्, ‘श्रम गरौं नेपाली हो, भोकै मर्ने दिन आईसक्यो’


काठमाडौं, १३ असोज । धरानका मेयर हर्कराज साम्पाङले नेपालीलाई श्रम गर्न आह्वान गरेका छन् । मेयर साम्पाङले सरम गर्ने र भौकै मर्ने दिन आईसकेको भन्दै श्रम गर्न नेपालीहरुलाई आह्वान गरेका हुन् । उनले देश जलाएर खरानीको व्यापार गर्ने विदेशी दलालहरुसँग हात मिलाउनुभन्दा बरु जंगलको बाँदरसँग हात मिलानु राम्रो हुने तर्क गरेका छन् ।

उनले बाँदरले अन्नबाली खाएपनि देशको सार्वभौमिकतामा प्रहार नगर्ने टिप्पणी गरेका छन् । साम्पाङले आफ्नो नेतृत्वमा दल दर्ताको लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । उनले पार्टीको झण्डा नराखिनेपनि स्पष्ट पारेका छन् । गरिवले नाङ्गो आङ ढाक्न नसकेको बेलामा करोडौंको कपडा च्यातेर झण्डा बनाउन नहुने उनको तर्क छ ।

पार्टीको झण्डा बोक्न थाले देशको राष्ट्रिय झण्डाको माया नलाग्दो रहेछ भनेर आफ्नो पार्टीको झण्डा नराख्ने उनको भनाई छ । साम्पाङले अहिलेको सरकारको काममाथि पनि प्रश्न उठाएका छन् । अहिलेको सरकार जाबो एकथान मध्यावधिक चुनाव गराउनलाई मात्रै मारिएका हुन त ७४ जना युवा ? भनेर सोधेका छन् ।

उनले भनेका छन्,‘त्यति जाबोकै लागि जलाईएका हुन त खरबौंको सम्पत्ति र सम्पदा ? थुक्क दललाहरु र तिनका पछि लाग्ने र्याले सिंगानेहरु ।’