काठमाडौं, ३१ असोज । नेकपा (एमाले) ले प्रतिनिधिसभा पूनःस्थापनाको लागि जनपरिचालन गर्ने निर्णय गरेको छ । असोज २९ गतेदेखि बसेको एमाले केन्द्रीय कमिटी बैठकले यस्तो निर्णय लिएको हो । अध्यक्ष केपी शर्मा ओलीले नै संसद् पूनःस्थापना गर्नको लागि सम्पूर्ण शक्ति परिचालन गर्ने भनेका थिए । त्यसको लागि लोकतन्त्र, गणतन्त्र र संविधान पक्षहरुसँग सहकार्य गर्ने निर्णय यो बैठकले लिएको छ ।
एमालले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा भाग लिन नडराउने भनेको छ । तर, वर्तमान सरकारले निर्वाचनको लागि वातावरण नबनाएको एमालेको ठहर छ । एमालेले पार्टीको ११औं महाधिवेशन आगामी मंसिर २७–२९ गते पोखरामा गर्ने पनि निर्णय लिएको छ ।




प्रतिक्रिया