काठमाडौं, ३ कार्तिक । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा दशैंझैं तिहारमा पनि उत्सवको कार्यक्रममा सरिक नहुने भएका छन् । उनले दिपावली, देउसी–भैलो र न्हु दँयाका कार्यक्रममा सहभागी हुन नसकेकोमा माफी मागेका छन् ।
उनले भनेका छन्–‘दशैंजस्तै यस तिहारमा पनि उत्सवका कार्यक्रममा सहभागी नहुने भएकाले, दिपावली, देउसी–भैलो र न्हु दँयाका कार्यक्रमहरुमा सहभागी हुन नसकेकोमा निम्ता गर्नु हुने सबै आयोजकहरुसँग एकमुष्ट यहीँबाट माफी चाहन्छु । दिपावली तथा न्हु दँयाको अवसरमा सबैमा हार्दिक शुभकामना ।’
थापाले दशैंको अवसरमा आयोजना हुने कुनै कार्यक्रममा सहभागिता जनाएका थिएनन् ।




प्रतिक्रिया