काठमाडौं, ३ कार्तिक । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले एमाले अध्यक्ष केपी शर्मा ओलीले भनेजस्तो चुनावमा भाग नलिने गल्ती नेपाली कांग्रेसले नगर्ने बताएका छन् । २१ फागुनको प्रतिनिधिसभा चुनावको लागि वर्तमान प्रधामन्त्री सुशीला कार्कीले कुनै वातावरण बनाउन नसकेको श्रेष्ठको आरोप छ ।
आज (सोमबार) विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले प्रधानमन्त्री कार्कीलाई चुनावको वातावरण बनाउन भूमिका खेल्नुपर्ने सुझाव दिए । उनले अहिले देशमा शान्ति, सुरक्षा नभएको कारण भयरहित चुनाव हुन नसक्ने खतरा औंल्याए ।
उनले वर्तमान सरकारले एक महिनासम्म पनि पूर्णता नपाएको विषयमा कुरा उठाए । नेपाली कांग्रेस एकतावद्ध भएर चुनावमा जाने उनको विश्वास छ । आवश्यक पर्यो भने सर्वदलीय राष्ट्रिय सहमतिको सरकार बनाएर भएपनि चुनाव गराउनुपर्ने भन्दै यसको लागि नेपाली कांग्रेसले आफ्नो दायित्व निर्वाह गर्ने श्रेष्ठको भनाई छ ।




प्रतिक्रिया