काठमाडौं, ३ कार्तिक । नेकपा (एमाले) का प्रभावशाली युवा नेता नीरज आचार्यले गृहमन्त्री ओमप्रकाश अर्याललाई बर्खास्त गर्नुपर्ने माग गरेका छन् । उनले गृहमन्त्री अर्यालको मगजको राम्रो उपचार गर्नुपर्ने पनि आवश्कता औंल्याएका छन् । गृहमन्त्री अर्यालले भागेका कैदीबन्दीलाई राजनीतिक गतिविधि वा सरकार र व्यवस्थाविरोधी क्रियाकलापमा प्रयोग नगर्ने भनेर राजनीतिक दलले घोषणा गर्नुपर्ने भनेका थिए । त्यसको जवाफमा एमाले नेता आचार्यले यस्तो टिप्पणी गरेका हुन् ।
आचार्यले फेशबुकमा लेखेका छन्–
हिजाे गृहमन्त्री ओमप्रकास अर्यालले गृहमन्त्रालमा भनेछन ´´ भागेका कैदीबन्दीलाई राजनीतिक गतिविधि वा सरकार र व्यवस्था विरोधि क्रियाकलापमा प्रयोग नगर्ने भनेर राजनीतिक दलले घोषणा गर्नुपर्ने माग गरेछन ´’ लुटेका हतियार, गाेलिगठ्ठा र प्रहरीकाे पाेसाक ओमप्रश अर्यालले संचालन गर्ने गिराेह संग छन । भागेका कैदिबन्दि उनकाे सम्पर्क मा भएकाे तथ्य छाेप्न दलहरुलाई स्वघाेषण गर्ने फतुर जारी गरेछन् । उन्काे याे अभिब्यक्ति खेद जनक छ । उन्का निरन्तरका अभिब्यक्ति र कृयाकलापहरु मुलुकमा हिंसा भड्काने दिशामा उद्त छन् । शान्ति सुरक्षा कायम गर्न र फाल्गुन २१मा जुनाव गराउने कार्यादेशमा जानेहाे भने शुशिला श्रीमानकाे सरकारले गृहमन्त्री लाई बर्खास्त गर्नु पर्छ वा निजकाे मगजकाे राम्राे उपचार गर्नु पर्ने देखीयाे ।




प्रतिक्रिया