काठमाडौं, ३ कार्तिक । गृहमन्त्री ओमप्रकाश अर्यालले पूर्व उर्जामन्त्री दीपक खड्कालाई नै यसअघि कहाँ हुनुहुन्थ्यो भनेर सोध्न भनेका छन् । आज (सोमबार) गृह मन्त्रालयबाट बाहिरिने क्रममा पत्रकारहरुसँगको संक्षिप्त कुराकानीमा उनले यस्तो बताएका हुन् ।
पत्रकारले ‘पूर्व उर्जामन्त्री दीपक खड्का भागेर विदेश जानुभयो भनेर तपाईंले ईन्टरभ्यू दिनुभयो, उहाँले त आज जलेकै घरमा पत्रकार सम्मेलन गरेर म घरमै छु भन्नुभयो, किन यस्तो अफवाह फैलाउनुभयो ?’ भनेर सोधेका थिए । जवाफमा गृहमन्त्रीले खड्कालाई नै कहाँ हुनुहुन्थ्यो भनेर सोध्न सुझाव दिए ।
उनले भने,‘उहाँले आज पो भन्नुभयो, मैले इन्टरभ्यू दिँदाको अवस्थामा कहाँ हुनुहुन्थ्यो ? त्यो सोध्नुहोस । उहाँले भन्नुपर्यो । मैले बोलेको दिन उहाँ कहाँ हुनुहुन्थ्यो ? उहाँ स्थलगमार्गबाट इण्डिया गएको छु भनेर भन्नुभएको छ । उहाँ त इन्टरभ्यू छापिएपछि आउनुभयो ।’




प्रतिक्रिया