चुनावको वातावरण बनाउनेगरि सरकारले कुनै काम नगरेको खड्काको आरोप, लुटिएका हतियार फिर्ता ल्याउन सुझाव


काठमाडौं, ४ कार्तिक । नेपाली कांग्रेसका कार्यवाहक सभापति तथा पूर्व उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले सरकारले निर्वाचनको वातावरण बनाउनको लागि पहिले जेनजी आन्दोलनको क्रममा लुटिएका प्रहरीका हतियार फिर्ता ल्याउनुपर्नै बताएका छन् । उनले आफ्नो दल चुनावमा जान तयार रहेको बताए । तर, चुनावको वातावरण बनाउनेगरि सरकारले कुनै काम नगरेको उनको आरोप छ ।

आज (मंगलबार) गृहजिल्ला सुर्खेतमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले वर्तमान सरकारले निर्वाचनको वातावरण बनाउन छोडेर पार्टीका नेताहरूमाथि पूर्वाग्रह तरिकाले लाञ्छना लगाउने, भ्रम सिर्जजना गर्ने, अहिलेको अन्योललाई बढाउने काम गरिरहेको गम्भीर आरोप लगाए । file photo