निर्वाचनको विकल्प नभएको बाबुरामको भनाई, रवि लामिछानेलाई बाहिर बसेर मुद्दा फेस गर्ने वातावरण बनाउनुपर्ने धारणा


काठमाडौं, १४ कार्तिक । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले रास्वपाका रवि लामिछानेलाई बाहिर बसेर नै मुद्दा लड्ने वातावरण बनाउन सके राम्रो हुने धारणा राखेका छन् । रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्लेको पहलमा सुरु गरिएको वृहत राजनीतिक सम्वादमा बोल्दै भट्टराईले यस्तो बताएका हुन् ।

रविलाई अन्याय भयो भनेर रास्वपाको मुख्यालयमा पुगेर हस्ताक्षर गरेका र पटक पटक भैरहवामा लामिछानेलाई राखिएको जेलमा पुगेर भेट गरेका भट्टराईले अहिलेपनि लामिछानेलाई बाहिर बसेर मुद्दा लड्ने वातावरण बनाउनुपर्ने धारणा राखेका हुन् ।

उनले भने,‘उहाँ अहिले भित्र हुनुहुन्छ, उहाँमाथि भेदभावपूर्ण व्यवहार भयो कि भनेर मैले पनि हस्ताक्षर गरेको हुँ । त्यसको अर्थ मैले क्लीन चिट दिने कुरा होइन, अदालतले दिने हो । सफाइ दिनको लागि बाहिर आएर खेप्दा न्यायपूर्ण हुन्थ्यो । उहाँलाई कुनै ढंगले बाहिर नै रहेर मुद्दा फेस गर्ने वातावरण बनाउन सके राम्रो हुन्थ्यो । उहाँको नेतृत्वको हामीलाई आवश्यकता छ ।’

उनले कांग्रेस र कम्युनिस्टहरूलाई आगामी चुनावमा हटाउन नयाँ र वैकल्पिक शक्तिहरू एक ठाउँमा आउनुपर्ने बताए ।