काठमाडौं, १४ कार्तिक । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी युवाहरुको दबाबको कारण आफूले कांग्रेस, एमाले र माओवादी केन्द्रका नेतृत्वसँग भेट नगरेको खुलासा गरेकी छिन् । आज बालुवाटारमा भएको सम्पादकहरूसँगको सम्वादमा प्रधानमन्त्री कार्कीले शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाललाई जेनजी आन्दोलनपछि जनमतको सम्मान गर्दै राजनीतिबाट विश्राम लिन सुझाव दिईन् । उनले देउवा, ओली र दाहाल भेट्न आए आफू भेट्न तयार रहेको स्पष्ट पारिन् ।
अहिलेपनि चुनावकेन्द्रित छलफलको लागि बालुवाटारबाट पत्राचार भएको भन्दै त्यसरी ठूला नेता आए सम्वाद गर्न तयार रहेको बताईन् । तर, आफू प्रधानमन्त्री भएपछि तीन ठूला नेतासँग फोनमा समेत कुराकानी नभएको उनको भनाई थियो ।
सरकार चुनावको तयारीमा जुटिसकेको भन्दै तोकिएकै मिति २१ फागुनमा निष्पक्ष चुनाव गराएर विदा हुने उनको घोषणा छ । ‘यो सरकारले चुनावको लागि तयारी गरेको छ । प्रहरीलाई चाहिने सामाग्रीको प्रवन्ध गरिएको छ, अहिले प्रहरीको उच्च मनोवल बनाउने कुरामा कुनै कसर बाँकी राख्दैन । चुनावको लागि चाहिने अत्यावश्क सामानको व्यवस्था हुन्छ।’–उनले भनिन् ।
सरकारले अहिलेसम्म कुनै विदेशी हस्तक्षेपको महशुस नगरेको पनि प्रधानमन्त्री कार्कीको प्रष्टीकरण थियो । आफूले प्रधानमन्त्री भएपछि सरकारी निवास बालुवाटारमा एकजना पनि विदेशी राजदूतसँग भेटवार्ता नगरेको उनको दाबी छ । File Photo




प्रतिक्रिया