ओलीको आह्वानलाई गोकुलले भनिदिए ‘फुटेपछि एकताको आवश्यकता याद गर्नु वाहियात हो’


काठमाडौं, १५ कार्तिक । नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा फर्कनको लागि एकीकृत समाजवादीलगायतका नेताहरुलाई गरेको आह्वानलाई वाहियात भनेका छन् । उनले नेपालका वामपन्थी प्रवृत्तिको समेत आलोचना गरेका छन् । मिसिने तर नमिल्ने हिन्द र प्रशासन्त महासागरजस्तो भएको भन्दै उनले आलोचना गरेका हुन् ।

उनले लेखेका छन्–

फुटेपछि एकताको आवश्यकता याद गर्नु वाहियात हो ।तर नेपालका वाम्पन्थी त्यै प्रवृत्तिवाट अभिशप्त छन।मिसिने तर नमिल्ने हिन्द र प्रशान्त महासगर जस्ता।कारण-गहिराईको चाप र नेतृत्वको राप।फुट भन्दा जुट राम्रो तर ढोक्सामा परेको माछी नहुनु अर्कोले तारेर खाए वा सुरुवा बनाएर पिए पनि हुने।