एमाले सचिवालय बैठक सुरू


काठमाडौं, १५ कार्तिक । नेकपा (एमाले) को सचिवालय बैठक सुरु भएको छ । गुण्डुमा रहेको अध्यक्ष केपी शर्मा ओलीको निवासमा सुरु भएको बैठकमा ११औं महाधिवेशनको तयारीको विषयमा छलफल हुने भनिएको छ ।

एमालेको ११औं महाधिवेशन आगामी मंसिर २७ देखि २९ सम्म पोखरामा हुने तय भएको छ । यस्तै, एकीकृत समाजवादीका नेता तथा कार्यकर्ताहरुलाई एमालेमा फर्कनको लागि आह्वान गर्ने भनिएको छ ।

अध्यक्ष ओलीले हिजो नै आह्वान गरिसकेका छन् । त्यसलाई सचिवालयबाट पनि अनुमोदन गराउने भनिएको छ ।