काठमाडौं, १५ कार्तिक । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसाल पक्षले बोलाएको छुट्टै भेला सुरु भएको छ । पार्टीको हिजो सम्पन्न केन्द्रीय कमिटीको बैठकले माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेपछि असन्तुष्ट पक्षले छुट्टै पार्टी गठन गर्ने भनेका थिए । सम्मानित नेता झलनाथ खनालपनि एकताको निर्णयको पक्षमा छैनन् । खनालले त छुट्टै पार्टी गठन गर्ने घोषणा गरेका छन् ।
अहिले घनश्याम पक्षले बोलाएको छुट्टै भेला सुकेधारामा सुरु भएको छ । उक्त भेलामा वरिष्ठ नेता घनेन्द्र बस्नेतसहित महासचिव भुसाल, स्थायी कमिटी सदस्यहरु डा. विजय पौडेल, रामकुमारी झाँक्री र जीवनराम श्रेष्ठलगायत उपस्थित् छन् । माधव नेपालले भने आजै माओवादी केन्द्रका संयोजक प्रचण्डसँग भेटवार्ता गर्ने भएका छन् । file photo




प्रतिक्रिया