एमालेको ११औं महाधिवेशन काठमाडौंमा गरिने


काठमाडौं, १५ कार्तिक । नेकपा (एमाले) को आगामी मंसिर अन्तिम साता हुने ११औं महाधिवेशनस्थल परिवर्तन भएको छ । यसअघि पोखरामा हुने भनिएको महाधिवेशन अब काठमाडौंमा हुने निर्णय भएको छ । आज (शनिबार) अध्यक्ष केपी शर्मा ओलीको भाडाको घर गुण्डुमा बसेको सचिवालय बैठकमा महाधिवेशनस्थल परिवर्तन गर्ने निर्णय भएको हो ।

नेताहरु यसअघि पोखरामा हुने महाधिवेशनस्थलको अध्ययनको लागि गएका थिए । उनीहरुको सुझावअनुसार अब ११औं महाधिवेशन निर्धारित मिति मंसिर २७ गतेदेखि मंसिर २९ गतेसम्म काठमाडौंमा गर्ने तय भएको हो । सचिवालय बैठकपछि पत्रकारहरुसँगको कुराकानीमा उपमहासचिव प्रदीप ज्ञवालीले यस्तो जानकारी दिएका हुन् । उनले भने,‘पार्टीको ११औं महाधिवेशन पोखराको सट्टा काठमाडौँमा आयोजना गरिने छ, निर्धारित समय मंसिर २७ देखि २९ मै हुनेछ।’