प्रधानमन्त्रीसँगको छलफलको लागि सातै प्रदेशका मुख्यमन्त्रीहरू बालुवाटारमा


काठमाडौं, १६ कार्तिक । सातै प्रदेशका मुख्यमन्त्रीहरु बालुवाटार पुगेका छन् । प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको बैठकमा सहभागी हुन मुख्यमन्त्रीहरु बालुवाटार पुगेका हुन् । केहीबेरमा बैठक सुरु हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

२१ फागुनको प्रतिनिधिसभाको निर्वाचनको तयारीको सम्बन्धमा प्रधानमन्त्री कार्कीले मुख्यमन्त्रीहरुसँग छलफल गर्न लागेकी हुन् । यसअघि राजनीतिक दलका नेताहरु, जेनजी पुस्ताका अगुवाहरु र सरकारबीच त्रिपक्षीय सम्वाद भएको थियो ।