काठमाडौं, १९ कार्तिक । नेपाली कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमले नवगठित पार्टीको सदस्य संख्या आगामी ६ महिनाभित्रै २० लाख पुग्ने दाबी गरेका छन् । अहिले नै १२ लाख पार्टी सदस्य रहेको भन्दै उनले अब जनताको बीचमा जाँदा यो संख्या ६ महिनाभित्रै २० लाख पुग्ने दाबी गरेका हुन् । आज आयोजित एकता राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
यो दललाई जनताको अपार साथ रहने र पार्टी सदस्यहरुको ठूलो संख्या पुग्ने उनको दाबी छ । सम्बोधनको क्रममा उनले मुलुकको राजनीतिक स्थायित्वको लागि पनि प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली कायम गरिनुपर्ने मत राखे ।
उनले निर्वाचन प्रणाली बरु पूर्ण समानुपातिक गरिनुपर्ने बताए । प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीमा जाँदा नै मुलुकको हित हुने र प्रगति हुने उनको दाबी छ । गौतम सुरुदेखि नै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको पक्षमा छन् । आजको एकता घोषणासभामा पनि उनले यो कुरा दोहोर्याए ।
प्रस्तावहरुमा पार्टीको नाम, चुनाव चिन्हलगायतका कुरा समेटिएका छन् । एकतापछिको पार्टीको संयोजकमा पुष्कमल दाहाल र सह–संयोजकमा माधवकुमार नेपाल छन् । पार्टीको तेस्रो वरियतामा भने झलनाथ खनाललाई राखिएको छ । खनाल ढिलोगरि यो एकता प्रक्रियामा सामेल भएका हुन् ।
यी हुन आज पारित ९ बुँदे प्रस्तावहरू
१. एकता प्रक्रियामा सहभागीहरूले नेपाली कम्युनिस्ट पार्टी निर्माण गरिएको छ ।
२. निर्वाचन चिन्ह पाँच कुने तारा राखिने निर्णय गरिएको छ ।
क्जष्खबm ऋझभलत
३. एकतामा सहभागी सबै पार्टीका सदस्यहरू अबदेखि नेपाली कम्युनिस्ट पार्टीका सदस्य निर्णय गरेको छ ।
ल्बदष् िदबलप
४. एकतामा सामेल सबै पार्टी नेताहरूसँग आवश्यक परामर्श गरेर पार्टीका केन्द्रीय संरचनाहरूलाई पूर्णता दिने र सङ्गठनात्मक समायोजनको काम गर्ने, यस अगाडी सबै घटकका केन्द्रीय समिति समायोजन गरी केन्द्रीय समिति निर्माण गर्ने निर्णय गरेको छ ।
५. केन्द्रीय समितिलाई पूर्णता दिने र संरचनागत समायोजनसम्बन्धी अख्तियारी संयोजक र सहसंयोजक निर्वाचित भएपछि संयोजक र सहसंयोजकलाई दिने प्रस्ताव गरिएको छ ।
६. विगतमा प्रतिनिधिसभा, राष्ट्रियसभा, प्रदेशसभा र स्थानीय तहमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी नेकपा माओवादी केन्द्रको चुनाव चिन्हबाट निर्वाचित अबदेखि नेपाली कम्युनिस्ट पार्टीका जनप्रतिनिधि हुनेछ ।
७. पार्टी एकतामा सामेल सबै पार्टीहरूको चल, अचल, बैङ्क सम्पत्तिको स्वामित्व र दायित्व अबदेखि नेपाली कम्युनिस्ट पार्टीको हुनेछ ।
८. नेपाली कम्युनिस्ट पार्टीको अन्तरिम विधान र घोषणा पत्र प्राप्त सुझावका आधारमा समेटेर सर्वसम्मति अनुसार पारित गरिएको छ ।
९. नेपाली कम्युनिस्ट पार्टीको एकता राष्ट्रिय सम्मेलनबाट अन्तरिम विधान पारित गरिएको छ ।




प्रतिक्रिया