काठमाडौं, ३ मंसिर । सरकारले संसदीय सुनुवाइविना नै संवैधानिक पदाधिकारीहरुको नियुक्तिका लागि अध्यादेश ल्याउन संवैधानिक परिषद् सम्बन्धी अध्यादेश–२०८२ जारी गर्न सिफारिस गर्ने निर्णय गरेको छ ।
हिजो (मंगलबार) बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति रामचन्द्र पौडलेसमक्ष संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०८२ जारी गर्न सिफारिस गरेको हो ।
‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०८२ जारी गर्न सम्माननीय राष्ट्रपतिसमक्ष सिफारिस गर्ने,’ बैठकको निर्णयमा भनिएको छ ।




प्रतिक्रिया