कांग्रेस केन्द्रीय समिति बैठक आज पनि स्थगित


काठमाडौं, ४ मंसिर । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक फेरि पनि स्थगित भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज (बिहीबार) दिउँसो २ बजे बस्नेगरी तय भएको बैठक आगामी शनिबार १ बजे बस्नेगरी स्थगित भएको बताए ।

गत असोज २८ गतेबाट सुरु भएको कांग्रेस केन्द्रीय समिति बैठक महाधिवेशनको मिति तोक्न नसक्दा पटक–पटक स्थगित हुँदै आएको छ । पार्टीको १५औं महाधिवेशनबारे कांग्रेसभित्र मतभेद रहेको छ । संस्थापन समूहले आसन्न प्रतिनिधिसभा निर्वाचनपछि महाधिवेशन चाहेका छन् भने इत्तर समूह यही मंसिरमै महाधिवेशन हुनुपर्ने, यदि नियमित महाधिवेशन हुन नसक्ने अवस्थामा विशेष महाधिवेशनको प्रक्रिया अगाडि बढाउनुपर्ने पक्षमा छ ।