काठमाडौं, ४ मंसिर । राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँको गिरफ्तारीविरुद्ध परेको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ सकिएको छ । सर्वोच्च अदालतमा न्यायाधीश मेघराज पोखरेलको इजलासमा सो रिटको सुनुवाइ भएको हो ।
गत मंसिर १ गते मध्यरातमा प्रसाईँलाई निजको निवासबाट प्रहरीले पक्राउ गरेको थियो । प्रसाईँको गिरफ्तारीविरुद्ध उनका छोरानिराजन प्रसाईले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु काठमाडौंसहित ७ जनालाई विपक्षी बनाएर रिट दायर गरेका हुन् ।
सार्वजनिक शान्ति खलल पुर्याउने अभिव्यक्ति दिएको आरोपमा प्रहरीले प्रसाईँलाई पक्राउ गरेको थियो ।




प्रतिक्रिया